काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ९० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
लघुवित्तको ब्याज आम्दानी घटेर खराब कर्जा बढेका कारण नाफामा असर पुगेको हो । लघुवित्तको ब्याज आम्दानी ३१.३२ प्रतिशत घटेर ३६ करोड ६९ लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ५३ करोड ४३ लाख रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
साथै, लघुवित्तको खराब कर्जा ३.२७ प्रतिशतबाट बढेर ८.३६ प्रतिशत पुगेको छ । लघुवित्तको नेट फि तथा कमिशन आम्दानी २९.०१ प्रतिशत घटेर ५ करोड ६१ लख रुपैयाँ, कुल सञ्चालन आम्दानी ३१ प्रतिशत घटेर ४२ करोड ३१ लख रुपैयाँ र सञ्चालन नाफा ८ करोड ३४ लाख रुपैयाँ ऋणात्मक छ ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १५ प्रतिशत बढेर ४४ करोड १६ लाख रुपैयाँ, जगेडा कोष २०.७९ प्रतिशत घटेर ३४ करोड ८९ लाख रुपैयाँ, निक्षेप तथा सापटी २३.७५ प्रतिशत घटेर ५ अर्ब ३४ करोड ५७ लाख रुपैयाँ र कर्जा २५.१५ प्रतिशत घटेर ५ अर्ब ७६ करोड रुपैयाँ रहेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी १८.८१ रुपैयाँ ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९.१ रुपैयाँ रहेको छ । यद्यपी लघुवित्तको वितरणयोग्य नाफा भने ६ करोड ९० लाख रुपैयाँ रहेको छ ।