काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको वितरणयोग्य नाफा पौने १ करोड रुपैयाँ रहेको छ । बिहीबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार लघुवित्तसँग गत असारसम्म ८३ लाख ७९ हजार रुपैयाँ वितरणयोग्य नाफा रहेको छ । यो आधारमा लघुवित्तको लाभांश क्षमता ५.५२ प्रतिशत राख्छ ।
तर, गत आर्थिक वर्षको चौथो त्रैमाससम्म लघुवित्तको खुद नाफा भनेर ६७.८४ प्रतिशत घटेर ७० लाख २८ हजार रुपैयाँ मात्रै आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद ब्याज आम्दानी १४.७१ प्रतिशत घटेर ११ करोड ५१ लाख रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १३ करोड ४९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको खुद फि तथा कमिशन आम्दानी २९ लाख रुपैयाँ ऋणात्मक छ । लघुवित्तको कुल सञ्चालन आम्दानी १६.१७ प्रतिशत घटेर १४ करोड ५५ लाख रुपैयाँ, सञ्चालन मुनाफा ५६.८३ प्रतिशत घटेर ९८ लाख ८८ हजार रुपैयाँमा झरेको छ ।
असारसम्म लघुवित्तको चुक्ता पूँजी १५ करोड १५ लाख रुपैयाँ, जगेडा कोष ५०.८६ प्रतिशत घटेर ३ करोड ९३ लाख रुपैयाँ छ । लघुवित्तको निक्षेप तथा सापटि ६.९६ प्रतिशत बढेर २ अर्ब १७ करोड ३८ लाख रुपैयाँ र कर्जा लगानी ०.६६ प्रतिशत बढेर २ अर्ब २४ करोड १ लाख रुपैयाँ गरेको छ ।
नाफासँगै लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी ९.७८ रुपैयाँ घटेर ४.६४ रुपैयाँमा सीमित भएको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १७४.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२९.२४ रुपैयाँ छ ।
अघिल्लो वर्ष १.६४ प्रतिशत खराब कर्जा रहेकोमा बढेर ४.५२ प्रतिशत पुगेको छ । यस्तै, लघुवित्तको आधार दर २०.७४ प्रतिशत र कस्ट अफ फण्ड ११.८२ प्रतिशत पुगेको छ ।
हाल वित्तीय बजारमा उत्पन्न प्रतिकुलताका कारण जोखिम बढेको तथा कर्जा सापटको ब्याजदर उच्च भएकाले लक्ष्य अनुरुप प्रगतीमा कमी आएको लघुवित्तले बताएको छ ।
राष्ट्रिय स्तरको यस वित्तीय संस्थाले अर्गानिक ग्रोथलाई आफ्नो प्रमुख लक्ष्यको रुपमा अगाडि सारेको छ । हालसम्म ४३ वटा शाखा कार्यालय मार्फत् ग्राहक सदस्यहरुलाई आधुनिक तथा गुणस्तरिय वित्तीय सेवा प्रदान गर्दै आएको लघुवित्तको भनाइ छ । विगतको अनुभवबाट सेवामुखी सुविधा तथा ग्राहक सदस्यहरुको उत्साहले सेवा विस्तार गर्न सफलता प्राप्त गरेपनि वित्तीय बजारमा उत्पन्न प्रतिकुलताका कारण आम्दानीमा असर गरेको लघुवित्तले बताएको छ ।