एनपीएल बढेपछि हिमालयनको नाफामा गिरावट, ईपीएस २० रुपैयाँ घट्यो

<p>काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थ (साविकको सिभिल लघुवित्त)को गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७८.५० प्रतिशत घटेर १ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत [&hellip;]</p>

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थ (साविकको सिभिल लघुवित्त)को गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा ७८.५० प्रतिशत घटेर १ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत आर्थिक वर्षको असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी २४.५२ प्रतिशत घटेर २० करोड २३ लाख ५२ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले २६ करोड ८० लाख ९१ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी १६.३३ प्रतिशत घटेर २७ करोड २५ लाख ७६ हजार रुपैयाँ, सञ्चालन नाफा ७९ प्रतिशत घटेर २ करोड १९ लाख ९२ हजार रुपैयाँ र वितरणयोग्य नाफा ६० लाख रुपैयाँ छ ।

असारसम्म लघुवित्तको चुक्ता पूँजी ११ प्रतिशत बढेर ३१ करोड ९८ लाख रुपैयाँ, जगेडा कोष ११.२२ प्रतिशत घटेर १३ करोड ९६ लाख रुपैयाँ, सापटी रकम १९.३१ प्रतिशत बढेर ४ अर्ब १६ करोड ४४ लाख रुपैयाँ र कर्जा १५.०८ प्रतिशत बढेर ४ अर्ब ४३ करोड ७७ लाख रुपैयाँ पुगेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी पनि घटेको छ । असारसम्म लघुवित्तको प्रतिसेयर आम्दानी २०.१ रुपैयाँ घटेर ४.८१ रुपैयाँमा झरेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात १५६.७६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३४.८५ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा १.४७ प्रतिशतबाट बढेर २.३७ प्रतिशत पुगेको छ । लघुवित्त कस्ट अफ फण्ड ११.३४ प्रतिशत र आधार दर १८.९२ प्रतिशत पुगेको छ ।

वित्तीय क्षेत्रमा फैलाइएको नकारात्मक तथा भ्रामक सन्देशको कारणले समग्र देशकै बैंकिग तथा लघुवित्त सेवा प्रभावित भएको लघुवित्तले जनाएको छ । जसको कारण कर्जा असुलिमा नकारात्मक असर परी निष्कृय कर्जामा वृद्धि हुन गई कर्जा नोक्सानी ब्यवस्थामा वृद्धि भएको लघुवित्तको भनाइ छ । ऋणी सदस्य संख्या, सदस्यहरुबाट प्राप्त हुने बचत, कर्जा लगानी तथा कोष लागतमा भएको परिवर्तनले संस्थाको कारोवार, मौज्दात र आम्दानीमा परिवर्तन देखिएको लघुवित्तले बताएको छ ।

Share News