काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खुद नाफा २३.३९ प्रतिशत घटेर १९ करोड ६९ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले २५ करोड ७० लाख रुपैयाँ खुद नाफा गरेको थियो । गत वर्ष लघुवित्तको व्यवसाय खुम्चिएपछि नाफामा धक्का लागेको हो ।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १.८७ प्रतिशत बढेर ४३ करोड ३४ लाख ३४ हजार रुपैयाँ गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले ४२ करोड ५४ लाख ७२ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
गत असार मसान्तसम्म लघुवित्तको खुद फि तथा कमिशन आम्दानी ४०.८२ प्रतिशत घटे ४ करोड १२ लाख रुपैयाँ, कुल सञ्चालन आम्दानी ४.१४ प्रतिशत घटेर ४७ करोड ४७ लाख रुपैयाँ, सञ्चालन नाफा २३.४२ प्रतिशत घटेर २८ करोड ४७ लाख रुपैयाँ र वितरणयोग्य नाफा १७ करोड ७१ लाख रुपैयाँ रहेको छ
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशत बढेर १ अर्ब १४ करोड ७७ लाख रुपैयाँ, जगेडा कोष ०.६६ प्रतिशत बढेर ४३ करोड ४६ लाख रुपैयाँ, सापटी २१.०७ प्रतिशत घटेर ७ अर्ब ४६ करोड ५० लाख रुपैयाँ र कर्जा लगानी २६.३३ प्रतिशत घटेर ७ अर्ब ६५ करोड ६२ लाख रुपैयाँ छ ।
असार मसान्तसम्म लघुवित्तको प्रतिसेयर आम्दानी पनि घटेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी ९.४९ रुपैयाँ घटेर १७.१६ रुपैयाँमा झरेको छ । असार मसान्तसम्म लघुवित्तको मूल्य आम्दानी अनुपात ४१.९१ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७.८६ रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा लघुवित्तको खराब कर्जा ०.६६ प्रतिशत, कस्ट अफ फण्ड १२.०२ प्रतिशत र आधार दर १२.६ प्रतिशत पुगेको छ ।
लघुवित्तका अनुसार अघिल्लो आर्थिक बर्ष अन्त्यको तुलनामा यस त्रैमास मसान्तमा तरलता मौज्दातमा १८८ प्रतिशतले बृद्धि, संचित नाफा तथा जगेडा कोषमा ०.६६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको तुलनामा नाफा घटेपनि गत तेस्रो त्रैमासको तुलनामा १ प्रतिशत नाफा बढेको लघुवित्तले जनाएको छ । कर्जा असूलीको रकमबाट ब्याजदर लागत बढी भएको ऋण सापटी चुक्ता गर्नुका साथै तरलता व्यवस्थापन गरिएको छ ।