विदेश भ्रमणमा जाने नेपालीले दुई पटकमा २५ सय अमेरिकी डलर साट्न पाउने, कामदारलाई दुई सय मात्रै

<p>काठमाडौं । राष्ट्र बैंकले विदेश जाने नेपालीका लागि सटही सुविधालाई बढाएर २५ सय अमेरिकी डलर बनाएकोे छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो सटही सुविधा वर्षमा २ पटक दिन सकिने व्यवस्था गरेको हो । यसअघि १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा केन्द्रीय बैंकले चालु आर्थिक वर्षको [&hellip;]</p>

काठमाडौं । राष्ट्र बैंकले विदेश जाने नेपालीका लागि सटही सुविधालाई बढाएर २५ सय अमेरिकी डलर बनाएकोे छ ।

केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एकीकृत परिपत्र २०७९ मा संशोधन गर्दै यस्तो सटही सुविधा वर्षमा २ पटक दिन सकिने व्यवस्था गरेको हो ।

यसअघि १५ सय अमेरिकी डलर सटही सुविधा रहेकोमा केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिबाट त्यसलाई बढाएर २५ सय अमेरिकी डलर पु¥याउने भनेको थियो ।

राष्ट्र बैंकले एकीकृत परिपत्र–२०७९ मा संशोधन गर्दै भनेको छ, ‘भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपाली नागरिकहरूलाई राहदानी वापत प्रति पटक अमेरिकी डलर २,५०० वा सो बराबरको परिवर्त्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिनेछ । तर, यस्तो सटही सुविधा एक वर्षमा दुई पटकमा नबढ्ने गरी मात्र प्रदान गर्न सकिनेछ ।’

एक वर्ष भन्नाले एक आर्थिक वर्षलाई जनाउने र परिपत्र जारी भएको मिति साउन १२ देखि गणना हुने भनिएको छ ।

परिपत्र जारी भएको हुनु अगावै राहदानी बापतको सटही सुविधा लिई भ्रमण गरिसकेकाको हकमा आर्थिक वर्ष २०८०/८१ मा प्रतिपटक अधिकतम अमेरिकी डलर २,५०० गरी अधिकतम दुई पटक सटही सुविधा प्रदान गर्न बाधा नपर्ने भनिएको छ ।

नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानी वापत अधिकतम अमेरिकी डलर दुई सयसम्म मात्र सटही सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ ।

Share News