२५ प्रतिशतले बढ्यो रेमिट्यान्स, श्रम स्वीकृति लिनेको संख्या साढे तीन लाख नाघ्यो

<p>काठमाडौं । चालू आवको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको आठ महिने तथ्यांक अनुसार साउनदेखि फागुनसम्ममा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो । फागुनसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि [&hellip;]</p>

काठमाडौं । चालू आवको आठ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २५.३ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको आठ महिने तथ्यांक अनुसार साउनदेखि फागुनसम्ममा विप्रेषण आप्रवाह २५.३ प्रतिशतले वृद्धि भई ७ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स १.३ प्रतिशतले घटेको थियो । फागुनसम्म अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.८ प्रतिशतले वृद्धि भई ६ अर्ब ९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह २.६ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ५४.३ प्रतिशतले वृद्धि भई ३ लाख ५१ हजार ७६१ पुगेको छ । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा ८.० प्रतिशतले वृद्धि भई १ लाख ९२ हजार ५५९ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४०.९ प्रतिशतले बढेको थियो ।

त्यस्तै, खुद ट्रान्सफर २३.९ प्रतिशतले वृद्धि भई रु.८७६ अर्ब ७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर १.६ प्रतिशतले घटेको थियो ।

Share News