अडानी समूहका १० मध्ये ९ कम्पनीका शेयरमा गिरावट, झरे २६ औं स्थानमा

<p>एजेन्सी । भारतीय अर्बपति गौतम अडानीको मुख्य लगानी रहेको अडानी समूहका १० मध्ये ९ वटा शेयर घटेका छन् । फ्ल्यागशिप कम्पनी अडानी इन्टरप्राइजेज ३ प्रतिशतभन्दा बढी घटेको छ । अडानी पोर्ट पनि करिब आधा प्रतिशतले घटेको छ । अडानी पावर, ट्रान्समिसन, ग्रीन इनर्जी, टोटल ग्यासको सेयर ५-५ प्रतिशतले घटेको छ । विल्मार लगभग ४ प्रतिशत [&hellip;]</p>

एजेन्सी । भारतीय अर्बपति गौतम अडानीको मुख्य लगानी रहेको अडानी समूहका १० मध्ये ९ वटा शेयर घटेका छन् । फ्ल्यागशिप कम्पनी अडानी इन्टरप्राइजेज ३ प्रतिशतभन्दा बढी घटेको छ । अडानी पोर्ट पनि करिब आधा प्रतिशतले घटेको छ । अडानी पावर, ट्रान्समिसन, ग्रीन इनर्जी, टोटल ग्यासको सेयर ५-५ प्रतिशतले घटेको छ । विल्मार लगभग ४ प्रतिशत तल छ। एनिडिटिभी पनि १.५० प्रतिशत भन्दा बढी तल छ। समूहको सिमेन्ट स्टक एसीसी करिब १ प्रतिशतले घटेको छ । अम्बुजा सिमेन्टको मात्र ०‍‍.५० प्रतिशतले बढेको छ ।

अडानीका कारण लगानीकर्ताले एकै दिनमा गुमाए ५१ हजार करोड भारतीय रुपैयाँ
बुधवार अदानी समूहको शेयरमा आएको गिरावटका कारण यसको मार्केट क्याप ५१,००० करोडभन्दा बढीबाट घटेर ७.५ लाख करोड भारुमा आएको छ। त्यसको एक दिन अघि मंगलबार समूहका १० वटा शेयरको संयुक्त बजार पुँजी भारु ८,०९,१८२ करोड रुपैयाँ थियो। अर्कोतर्फ हिन्डनबर्ग रिपोर्ट जनवरी २४ मा बाहिर आउनु अघि समूहको एम क्याप १९.१९ लाख करोड भारुको थियो।

फोर्ब्सको रियल टाइम अर्बपतिहरूको सूची अनुसार गौतम अडानीको कुल सम्पत्ति जम्मा ४३.४ बिलियन डलर छ। पछिल्लो २४ घण्टामा अडानीले ६.२ बिलियन डलर गुमाएका छन् । उनी विश्वका धनीहरुको सूचीमा २६ औं नम्बरमा आएका छन् ।

Share News