काठमाडौं । आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । माघ २३ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी वार्षिक साधारण सभाले पारित गर्नुपर्छ ।
हाल संस्थाको चुक्ता पुँजी ३३ करोड ३९ लाख रुपैयाँ छ । प्रस्तावित २० प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी ४० करोड ६ लाख रुपैयाँ नाघ्ने छ ।