नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा, लिए शपथ

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकबाट शर्मा सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् । तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात शर्मा चयन भएका हुन् । यस्तै, शर्माले डेप्युटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ लिएका छन् । नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा दयाराम शर्मा नियुक्त भएका छन् । कम्पनीको संचालक समितिको बैठकबाट शर्मा सर्व–सम्मत रुपमा अध्यक्ष पदमा चयन भएका हुन् ।

तत्कालीन अध्यक्ष राम बहादुर मानन्धरको नेपाल राष्ट्र बैंकभित्र विभाग परिवर्तन भए पश्चात शर्मा चयन भएका हुन् ।

यस्तै, शर्माले डेप्युटी गभर्नर डा। नीलम ढुङ्गाना तिम्सिनासँग पद तथा गोपनियताको सपथ लिएका छन् ।

नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक, विकास बैंक र वित्तीय कम्पनीबाट प्रतिनिधि रहेका छन् । एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Share News