
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिको पुष ४ गते बसेको बैठकले १३ औं वार्षिक साधारण सभा पुष ३० गते आम्रपाली व्याङ्केट, भाटभटेनी काठ्माण्डौंमा बोलाएको छ ।
लघुवित्तको सभाले आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षणका लागि लेखापरीक्षक नियुक्त गर्ने रको पारिश्रमिक निर्धारण गर्ने र संस्थापक सेयरधनी समूह (क) को तर्फवाट ३ जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।
यस्तै, गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद गरी कूल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृति गर्नेछ ।
लघुवित्तको युक्ता पुँजी ९६ करोड ४४ लाख ९२ हजार ४ सय रुपैयाँ वृद्धि गरी १ अर्ब १४ करोड ७७ लाख ४५ हजार ९५६ रुपैयाँ पुर्याइनेछ । प्रबन्धपत्रमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
फर्स्ट फाइनान्स लघुवित र अन्य कुनै लघुवित संस्था गाभ्ने/गाभिने तथा प्राप्ति गर्न सम्पूर्ण कार्यसञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।
लघुवित्तले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ पुस १७ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भइ कायम सेयरधनीहरुले साधारण सभामा सहभागी भइ लाभांश प्राप्त गर्न सक्नेछन् ।