दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा, मंगलबारदेखि किनबेच गर्न पाइने

<p>काठमाडौं । मर्जर प्रकृयामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो । नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जानकारी गराएको छ । यससँगै अब बजार खुलेसँगै यी दुई बैंकको सेयर किनबेच [&hellip;]</p>

काठमाडौं । मर्जर प्रकृयामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंक मेगा बैंकको सेयर कारोबार फुकुवा भएको छ । मंसिर १ गतेको निर्णय अनुसार नेपाल स्टक एक्स्चेञ्जले यी दुई वाणिज्य बैंकको सेयर कारोबार फुकुवा गरिदिएको हो ।

नेप्सेले आधारभूत सेयरधनी बाहेकको सेयरधनीको सेयर फुकुवा गरेको जानकारी गराएको छ । यससँगै अब बजार खुलेसँगै यी दुई बैंकको सेयर किनबेच गर्न पाइने छ । दोश्रो बजार अब निर्वाचन पछि अर्थात मंसिर ६ गते मंगलबार मात्रै खुल्ने छ ।

यी दुई बैंकले एक आपसमा मर्जमा जानको लागि २०७९ जेठ २७ गते प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । सो प्रयोजनको लागि नेप्सेले जेठ २८ गतेदेखि यी दुई बैंकको सेयर कारोबार रोक्का गरिदिएको थियो ।

Share News