सेयर कारोबार ४ दिन नहुने

<p>काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) दुई दिन बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदा दिएका कारण आइतबार र सोमबार नेप्से बन्द हुने भएको हो । निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् भन् सरकारी कार्यालय र [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सेञ्ज (नेप्से) दुई दिन बन्द हुने भएको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि सरकारले सार्वजनिक विदा दिएका कारण आइतबार र सोमबार नेप्से बन्द हुने भएको हो ।

निर्वाचनका लागि मतदानस्थल रहेका शिक्षण संस्थाहरु मंसिर २ गतेदेखि ५ गतेसम्म बन्द हुनेछन् भन् सरकारी कार्यालय र सार्वजनिक संस्थानहरु भने मंसिर ४ र ५ गते मात्रै बन्द हुनेछन् । त्यसैले ४ गते आइतबार र ५ गते सोमबार नेप्सेमा सेयर कारोबार नहुने भएको हो ।

आज शुक्रबार र भोलि शनिबार भएकाले पनि सेयर कारोबार हुँदैन । त्यसैले आज शुक्रबारदेखि सोमबारसम्म ४ दिन सेयर कारोबार नहुने भएको हो ।

Share News