एनएमबि बैंकले ल्यायो पैसा बचत हुनेसहित क्यासब्याकको योजना, कुनबाट कति पाइन्छ ?

<p>काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेकाे छ । यस उत्सवलाई लक्षित गरी बैंकले २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेकाे छ । एनएमबि बैंकले असाेज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग [&hellip;]</p>

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ्ग छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेकाे छ । यस उत्सवलाई लक्षित गरी बैंकले २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेकाे छ ।

एनएमबि बैंकले असाेज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ्ग र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।

एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्श/पोसमा कारोवार गर्दा १० रुपैयाँ वा ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्डबाट ई–कमर्श/पोसमा कारोबार गर्दा २० प्रतिशथ वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।

एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसी/एनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यसका साथसाथै, इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाइनेछ ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १३८ एटिएमहरु र ११ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Share News