कुमारी बैंककाे ‘११ % केबिएल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न

<p>काठमाडौं । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको &#8216;११ % केबिएल डिबेन्चर २०८९&#8217; को बाँडफाँड सम्पन्न भएको छ । उक्त डिबेन्चरमा व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो । सो डिबेन्चर शुक्रबार ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग [&hellip;]</p>

काठमाडौं । कुमारी बैंकले १० वर्षे अवधि तथा वार्षिक ११ प्रतिशत ब्याजदर भएको ‘११ % केबिएल डिबेन्चर २०८९’ को बाँडफाँड सम्पन्न भएको छ ।

उक्त डिबेन्चरमा व्यक्तिगत तथा सार्वजनिक गरी जम्मा ३ अर्ब बराबरको निष्काशनमा ३ अर्ब १५ करोड बराबरको आवेदन प्राप्त भएको थियो । सो डिबेन्चर शुक्रबार ३० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन तर्फ माग भए बमोजिम तथा व्यक्तिगत तवरमा आवेदन आएकोमा समानुपातिक आधारमा बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकले १ हजार अंकित दरको ३० लाख कित्ता ऋणपत्रको निष्काशन गरेको थियो । उक्त ३ अर्ब बराबरको ऋणपत्र मध्ये १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिने तथा १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने भएको थियो ।

सर्वसाधारण नेपालीको लागि उक्त डिबेन्चर भदौ १७ गतेदेखि भदौ ३१ गतेसम्म निष्काशन तथा बिक्री खूल्ला गरिएको थियो । बैंकले १९९ शाखा सञ्जाल, १९५ एटिएम, ५३ शाखारहित बैंकिङ्ग ईकाई तथा ३४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Share News