गुहेश्वरी मर्चेण्ट २० औं वर्षमा प्रवेश

<p>काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स १९ वर्ष पुरा गरेर २० औं वर्षमा प्रवेश गरेको छ । संस्थाले निक्षेप संकलन ६ अर्ब २१ करोड तथा कर्जा ४ अर्ब ६० करोड प्रवाह गरी २०७७ चैत मसान्तसम्म निस्कृय कर्जा ०.२५ प्रतिशत रहेको छ । यस संस्थाको चुक्तापुँजी ८६ करोड ४० लाख तथा जगेडा कोषमा ४७ करोड ८७ [&hellip;]</p>

काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स १९ वर्ष पुरा गरेर २० औं वर्षमा प्रवेश गरेको छ ।

संस्थाले निक्षेप संकलन ६ अर्ब २१ करोड तथा कर्जा ४ अर्ब ६० करोड प्रवाह गरी २०७७ चैत मसान्तसम्म निस्कृय कर्जा ०.२५ प्रतिशत रहेको छ । यस संस्थाको चुक्तापुँजी ८६ करोड ४० लाख तथा जगेडा कोषमा ४७ करोड ८७ लाख रहेको छ ।

१९ औं वार्षिकोत्सवको अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत छत्रपाटी, काठमाडौंमा अवस्थित श्री लाई अक्सिजन प्लान्ट स्थापनाको लागि आर्थिक सहयोग गरेको छ ।

साथै संस्थाले विगत ३ वर्षदेखि खाद्यन्न दिँदै आएको श्री अपाङ्ग सेवा संघलाई थप एक वर्षका लागि निरन्तरता दिने जनाएको छ ।

संस्थाले प्रधान कार्यलयसहित २१ वटा शाखा कार्यालय र २ वटा एक्सटेन्सन काउन्टरबाट सेवा दिँदै आएको छ ।

Share News