छिमेक लघुवित्तद्वारा महानगरीय ट्राफिक प्रहरीलाई स्वास्थ्य सामाग्री सहयोग

<p>काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको संस्थाका नायब महाप्रबन्धक दिपक निधि तिवारीले जानकारी दिए । सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए [&hellip;]</p>

काठमाडाैं । छिमेक लघुवित्त वित्तीय संस्थाले महानगरीय ट्राफिक प्रहरी महाशाखालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोभिड–१९ को महामारीको समयमा अहोरात्र खटिने ट्राफिक प्रहरीको सुरक्षालाई दृष्टिगत गर्दै ती सामग्री हस्तान्तरण गरिएको संस्थाका नायब महाप्रबन्धक दिपक निधि तिवारीले जानकारी दिए ।

सबैभन्दा जोखिम काममा खटिने ट्राफिक प्रहरीको सुुरक्षालाई ध्यानमा राखी मास्क, स्यानिटाइजर, पञ्जा र फेस सिल्ड प्रदान गरिएको उनले बताए ।

महाशाखा प्रमुख प्रहरी उपरीक्षक जनक भट्टराईलाई तिवारीले उक्त सामाग्री हस्तानतरण गरेका थिए ।

Share News