‘एनआईबिएल सहभागिता फण्ड’का इकाईधनीले आफ्नो लाभांश कसरी पुनः लगानी गर्न सक्छन् ?

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना अन्तर्गत इकाईधनीहरुले आफ्नो लाभांश पुनः लगानी गर्न सक्नेछन् । क्यापिटलले इकाईधनीहरुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको हो । [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित तेस्रो सामूहिक लगानी कोष योजना ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजना अन्तर्गत इकाईधनीहरुले आफ्नो लाभांश पुनः लगानी गर्न सक्नेछन् । क्यापिटलले इकाईधनीहरुले प्राप्त गर्ने लाभांश (कर तथा निर्धारित कारोबार शूल्ककट्टी पछि) बराबरको रकमबाट यसै योजनाका थप इकाईहरु खरिद गर्न सक्ने व्यवस्था मिलाईएको हो ।

जसअन्तर्गत चालु आर्थिक वर्ष वा आगामी आर्थिक वर्षहरुमा समेत वितरण गरिने लाभांशको दर्ता किताब बन्द हुने(बुक क्लोज) मितिका दिनसम्म लाभांश पुनःलगानी योजना अन्तर्गत नाम दर्ता गराउने इकाईधनीहरुले मात्र यो सुविधा प्राप्त गर्न योग्य हुने छन् ।

यस्तो छ लाभांश पुनःलगानी योजनामा दर्ता गर्ने प्रकृया:

एनआईबिएल एस क्यापिटलका सम्पूर्ण शाखाहरु तथा तोकिएका वितरकहरु मार्फत फाराम भरी योग्य इकाईधनीहरुले आफ्नो नाम दर्ता गराउन सक्नेछन् ।

योग्य इकाईधनीहरुले अनलाईन लिंकमा गई लाभांश पुनःलगानी योजना दर्ता फाराम मार्फत आफ्नो सम्पूर्ण विवरण भरी नामदर्ता गराउन सक्नेछन् ।

त्यस्तै, आफ्नो हितग्राहिखातामा रहेको ईमेल ठेगाना मार्फत निम्नबमोजिमको विवरण उल्लेख गरी उल्लेखित ठेगानामा ईमेल पठाउन सक्ने क्यापिटलले जनाएको छ ।

एनआईबिएल एस क्यापिटलले उक्त ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनामा इकाईधनीहरुलाई लाभांश पुनःलगानी योजनामा सहभागि हुन २०७७ चैत २४ गते सूचना प्रकाशित गरेको थियो । तसर्थ हालसम्म पनि सो योजनामा सहभागि नभएका इकाईधनीलाई यथासिघ्र सहभागि हुन क्यापिटलले आग्रह गरेको छ ।

Share News