नेशनल माइक्रोफाइनान्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य एक हजार २२ रुपैयाँ

<p>काठमाडाैं।  नेशनलमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार बाइस रुपैयाँ तोकिएको छ । संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ । साथै संस्थापक [&hellip;]</p>

काठमाडाैं।  नेशनलमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक समूह अन्तर्गतको ८० हजार कित्ता शेयर बिक्री गर्ने भएको छ । संस्थाले जारी गरेको सूचना अनुसार उक्त संस्थापक शेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ हजार बाइस रुपैयाँ तोकिएको छ ।

संस्थापक शेयर बोलकबोलको माध्यमबाट न्यूनतम १०० कित्ता र अधिकतम शेयर संख्याको लागि कुनै हद नलाग्ने जनाइएको छ ।

साथै संस्थापक शेयर खरिदका लागि योग्य इच्छुक विद्यमान संस्थापकहरु वा जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले जेठ १६ गतेदेखि जेठ ३० गतेसम्ममा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडाैंमा आइपुग्ने गरी प्रतिकित्ता आफुले लिन चाहेको दररेटका साथ सम्पूर्ण विवरण खुलाई गोप्य शिलबन्दी बोल पत्र मार्फत आवेदन पेश गर्न सकिने जनाइएको छ ।

Share News