सेन्ट्रल फाईनान्स ईटहरीमा पनि, छिट्टै ललितपुरको कर्पोरेट भवनबाट कारोबार शुरु गर्ने

<p>काठमाडौं । सेन्ट्रल फाईनान्सले प्रदेश १ को सुनसरीको ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै ईटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज हुने संस्थाले जनाएको छ । २०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ, निक्षेप ५ अर्ब २६ करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । सेन्ट्रल फाईनान्सले प्रदेश १ को सुनसरीको ईटहरीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्चालनमा आएसँगै ईटहरी र आसपासका बासिन्दालाई गुणस्तरिय बैंकिङ्ग सेवामा सहज हुने संस्थाले जनाएको छ ।

२०५४ साल बैशाखदेखि सञ्चालनमा रहेको यस वित्तीय संस्थाको २०७७ चैत्र मसान्तसम्ममा चुक्ता पुँजी ८८ करोड १० लाख रुपैयाँ, निक्षेप ५ अर्ब २६ करोड रुपैयाँ कर्जा लगानी ३ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।

ललितपुरको कुपण्डोलमा केन्द्रीय कार्यालय रहेको संस्थाको काठमाण्डौको चावहिल र गोंगबु गणेशस्थान, चितवनको नारायणगढ, रुपन्देहीको बुटवल, भक्तपुरको च्याम्हासिंह, महोत्तरीको बर्दिबास, नवलपरासीको बर्दघाट, बाराको सिमरा, सिन्धुलीको भिमान, सर्लाहीको लालबन्दी र सिन्धुलीको डकाहा, धनुषाको जनकपुर गरी १२ वटा शाखा र भक्तपुरको सल्लाघारीमा १ एक्सटेन्सन काउण्टर सञ्चालनमा रहेको छ । शाखा सञ्जाल वृद्धि गर्दै वित्तीय सेवा तथा पहुंच बढाउने उद्देश्य अनुरुप प्रदेश १ कै झापाको बिर्तामोडमा थप शाखा खोल्ने तयारी रहेको छ ।

संस्थाले एटीएम, एसएमएस बैंकिङ्ग, ईसीसी, आईपीएस/कनेक्ट आईपीएस, विभिन्न विप्रेशण तथा सीआश्वा सेवाहरु जस्ता आधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै आएको तथा छिट्टै मोबाइल बैंकिङ्ग सेवा सञ्चालन गर्न लागेको छ । साथै व्यक्तिगत खाताको लागि ३ लाख रुपैयाँसम्मको निक्षेप बीमा गरिएको छ ।

साथै, संस्थाले ललितपुरको कुपण्डोलमा निर्माण गरेको आफ्नै नयाँ कर्पोरेट भवनबाट छिट्टै नै वित्तीय कारोबार प्रारम्भ गर्न लागेको छ ।

Share News