मितेरी डेभलपमेन्ट बैंकको दुई वर्षको लाभांश भुक्तानी हुन बाँकी, ३० दिनभित्र लिन सेयरधनीलाई आग्रह

<p>काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको मात्रै ६ लाख १२ हजार ६३७ रुपैयाँ बढी लाभांश भुक्तानी हुन बाँकी रहेको छ । बैंकका अनुसार विभिन्न दुई आर्थिक वर्ष २०६७/६८ र आर्थिक वर्ष ६९/७० को सो मात्राको लाभांश सेयरधनीलाई भुक्तानी हुन बाँकी रहेको छ । जसमध्ये आव २०६७/६८ को ४ लाख ८ हजार ९ सय रुपैयाँ र आव [&hellip;]</p>

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकको मात्रै ६ लाख १२ हजार ६३७ रुपैयाँ बढी लाभांश भुक्तानी हुन बाँकी रहेको छ । बैंकका अनुसार विभिन्न दुई आर्थिक वर्ष २०६७/६८ र आर्थिक वर्ष ६९/७० को सो मात्राको लाभांश सेयरधनीलाई भुक्तानी हुन बाँकी रहेको छ ।

जसमध्ये आव २०६७/६८ को ४ लाख ८ हजार ९ सय रुपैयाँ र आव २०६९/७० को २ लाख ३ हजार ७३७ रुपैयाँ बराबरको लाभांश भुक्तानी हुन बाँकी छ । बैंकले बैशाख २३ गते एक सूचना जारी गर्दै सम्बन्धित सेयरधनीलाई उक्त जानकारी गराएको छ ।

यससँगै सम्बन्धित सेयरधनीले यो सूचना जारी भएको मितिले ३० दिनभित्रमा लाभांश बुझिलिन बैंकले आग्रह गरेको छ । उनीहरुले अब आगामी जेठ २३ गतेसम्ममा लाभांश रकम बुझि लिई सक्नु पर्ने छ ।

अन्यथा उक्त समयभित्रमा सेयरधनीले लाभांश रकम नबुझेमा प्रचली कानून बमोजिम लगानीकर्ता संरक्षण कोषमा दाखिला गरिले संस्थाले जानकारी गराएको छ ।

Share News