सिटी एक्सप्रेस अष्ट्रेलियाबाट नेपालमा अत्यावश्यक रकम पठाउँदा शुल्क नलाग्ने

<p>काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट काराेनाकाे लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने भएकाे छ । कम्पनीले नेपालमा पुनः देखिएको कोभिड- १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पु¥याउने योजना ल्याएको हाे । सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी [&hellip;]</p>

काठमाडाैं । सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाबाट काराेनाकाे लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने भएकाे छ ।

कम्पनीले नेपालमा पुनः देखिएको कोभिड- १९ का कारण अष्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउदा कुनै शुल्क नलाग्ने तथा पठाइएको रकम ३० मिनेटभित्र तुरुन्तै पु¥याउने योजना ल्याएको हाे ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकवर्गले रकम पठाउँदा नेपालभरी रहेका जुनसकै बैंकको खातामा रकम जम्मा गर्न सकिन्छ ।

कम्पनीकाे अनुसार रकम पठाउनका लागि सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको एप डाउनलोड गरी अथवा सिटी एक्सप्रेस मनि ट्रान्सफर अष्ट्रेलियाको वेब साइटबाट पठाउन सकिन्छ ।

सिटी एक्सप्रेसले नेपालभर छरिएर रहेका आफ्ना १२ हजारभन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

Share News