एनआईबिएल समृद्धि फण्ड- २ काे आवेदन बन्द , मागभन्दा ५० प्रतिशत बढी

<p>काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड-२ को आवेदन आजदेखि बन्द भएकाे छ । उक्त योजनामा चार दिनभित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको पनि कम्पनीले जानकारी दिएकाे छ । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ [&hellip;]</p>

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने चौथो सामूहिक लगानी कोष योजना एनआईबिएल समृद्धि फण्ड-२ को आवेदन आजदेखि बन्द भएकाे छ ।

उक्त योजनामा चार दिनभित्र नै माग गरे भन्दा ५० प्रतिशत बढी आवेदन प्राप्त भएको पनि कम्पनीले जानकारी दिएकाे छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको थियाे । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणलाई बिक्रीमा राखेकाे थियाे ।

उक्त फण्डमा न्यूनतम १००  देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको थियाे ।

Share News