दाेस्राे दिनमा एनआईबिएल समृद्धि फण्ड-२ को ८७.१६ प्रतिशत इकाई बिक्री

<p>काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ मा उत्साहप्रद रुपमा आवेदन परेको छ । मंगलबार साँझ ५:२० बजेसम्म इकाई खरिदको लागि कुल इकाईको ८७.१६ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जानकारी दिएकाे छ । क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा [&hellip;]</p>

काठमाडाैं । एनआईबिएल एस क्यापिटलले बिक्रीमा ल्याएको एनआईबिएल समृद्धि फण्ड–२ मा उत्साहप्रद रुपमा आवेदन परेको छ । मंगलबार साँझ ५:२० बजेसम्म इकाई खरिदको लागि कुल इकाईको ८७.१६ प्रतिशत इकाई आवेदन भइसकेको क्यापिटलले जानकारी दिएकाे छ ।

क्यापिटलले बैशाख १३ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब २ करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । फण्डले १५ प्रतिशत इकाई कोष प्रवर्धक नेपाल इन्भेष्टमेण्ट बैंकलाई सुरक्षित गरी बाँकी रहेको इकाई सर्वसाधारणहरुलाई बिक्री गर्न लागेको हो ।

उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । इकाई खरीदका लागि आवेदन दिन छिटोमा बैशाख १६ गतेसम्म रहेको क्यापिटलले जानकारी दिएकाे छ ।

Share News