काठमाडाैं । आइसीएफसी फाइनान्सको नाफा ६५.७३ प्रतिशतले बढेकाे छ । अघिल्लो वर्षकाे तेस्रो त्रैमाससम्म १० करोड ७३ लाख ७० हजार रुपैयाँ नाफा कमाएको फाइनान्सले चालु आर्थिक वर्षको साेही अविधीसम्म आइपुग्दा १७ करोड ७९ लाख ५० हजार रुपैयाँ खुद नाफा कमाएको हाे ।
फाइनान्सकाे चैत मसान्तसम्म आइपुग्दा चुक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार रुपैयाँ र जगेडा कोषमा ३४ करोड ३६ लाख ४८ हजार रुपैयाँ रहेको छ । फाइनान्सले ४ अर्ब ३३ करोड १७ लाख ५५ हजार रुपैयाँ निक्षेप संकलन गरेर १० अर्ब २२ करोड ७९ लाख ५१ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
फाइनान्सको सञ्चालन नाफा पनि ६५.९१ प्रतिशतले बढेर २५ कराेड ३८ लाख ४७ हजार रुपैयाँ पुगेको छ भने वितरणयोग्य नाफा १० करोड ३० लाख ३३ हजार रुपैयाँ रहेको छ ।
यस्तै अघिल्लो वर्ष ०.६० प्रतिशत खराब कर्जा रहेकाे फाइनान्सकाे यस वर्ष भने घटेर ०.५१% मा सीमित भएको छ ।
फाइनान्सकाे चैत मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी २३ रुपैयाँ १६ पैसा र प्रतिसेयर नेटवर्थ १३८ रुपैयाँ १७ पैसा रहेकाे छ ।