काठमाडाैं । सीबीआईएल क्यापिटलकाे सञ्चालकमा भरतराज वोस्ती नियुक्त भएका छन् ।
कर्मचारी सञ्चय कोषका प्रमुख प्रबन्धक समेत रहेका वोस्ती सीबीआईएल क्यापिटलमा सञ्चालकमा नियुक्त भएका हुन् ।
नेपालको पूँजी बजार क्षेत्रमा धेरै अनुभवी कर्मचारी रहेका वोस्ती एनआईडीसी क्यापिटल मार्केटका भूतपूर्व प्रमुख कार्यकारी अधिकृत पनि हुन् ।
कम्पनीका अध्यक्ष, अन्य निर्देशक र सीबीआईएल क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृतले वोस्तीलाई शुक्रबार कम्पनीको कार्यालयमा आयोजित कार्यक्रममा स्वागत गरेका थिए ।