एनसीएचएलको अध्यक्षतामा रामबहादुर मानन्धर

<p>काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९ औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो । नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा नीलम ढुगांनानबाट अध्यक्षको सपथ गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको विभाग परिवर्तन भएसगैँ एनसीएचएलको अध्यक्षमा मानन्धरले प्रतिनिधित्व गरेका हुन् । नेपाल [&hellip;]</p>

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को अध्यक्षमा राम बहादुर मानन्धर चयन भएका छन् । एनसीएचएलको १६९ औं सञ्चालक समितिको बैंठकबाट अध्यक्षमा मानन्धरलाई चयन गरिएको हो ।

नवनियुक्त अध्यक्ष मानन्धरले नेपाल राष्ट्र बैंकका डेप्युटी गभर्नर डा नीलम ढुगांनानबाट अध्यक्षको सपथ गरेका छन् । तत्कालीन अध्यक्ष नरेश शाक्यको विभाग परिवर्तन भएसगैँ एनसीएचएलको अध्यक्षमा मानन्धरले प्रतिनिधित्व गरेका हुन् । नेपाल क्लियरिङ्ग हाउसको संञ्चालक समितिमा राष्ट्र बैंकबाट एक जना, वाणिज्य बैंकबाट तीन जना, विकास बैंक र वित्तीय कम्पनीबाट एक/एक जना प्रतिनिधि रहेका छन् ।

एनसीएचएल नेपालमा राष्ट्रिय भुक्तानी प्रणालीहरु स्थापना गर्न नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरूद्वारा प्रवद्र्धित कम्पनी हो ।

Share News