काठमाडौं । सनराइज क्यापिटलले बिक्रीमा ल्याएको सनराइज ब्लूचीप फण्डमा आवेदन दिने म्याद थपिएको छ । गत चैत १ गतेदेखि खुला भएको उक्त फण्डको बिक्री थप केही दिनको लागि खुला गरिएको क्यापिटलले जनाएको छ ।
क्यापिटलले चैत १ गतेदेखि प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १ अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्रीमा ल्याएको हो । जसमा ५० प्रतिशतभन्दा बढी बिक्री भइसकेकाे छ ।
कूल बिक्री भएको इकाई संख्याको १५ प्रतिशत इकाई कोष प्रबद्र्धक सनराइज बैंकका लागि सुरक्षित राखी बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणहरुमा निष्काशन तथा बिक्री खुल्ला केही दिनको लागि बिक्री खुल्ला थप भएको क्यापिटलले जानकारी गराएकाे छ ।
साथै, उक्त निष्काशन तथा बिक्री खुल्ला माग भन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा चैत १६ गते अघि नै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएकाे छ ।
उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यस योजनाको प्रक्षेपित वार्षिक प्रतिफल २२.३८ प्रतिशत प्रक्षेपण समेत गरेकोले ढुक्क भएर लगानी गर्न सकिने जनाएको छ ।
सम्बन्धित समाचार