काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाको आगामी फागुन ११ गतेदेखि बुक क्लोज हुने भएको छ । संस्थाले वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि सो दिनदेखि फागुन २५ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको हो ।
संस्थाको आगामी अर्थात २२औं वार्षिक साधारणसभा फागुन २७ गते मंगलबार हुने भएको छ । सभाले सेयरधनीलाई १३.६८ प्रतिशत लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गर्दै छ ।
सभाले पारित गरेसँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद गरी कुल १३.६८ प्रतिशत लाभांश पाउनेछन् । उक्त लाभांश फागुन १० गतेसम्म कायम सेयरधनीले मात्र पाउने छन् ।
सम्बन्धित समाचार
निर्धन उत्थान लघुवित्तले १३ प्रतिशत बाेनस सेयर दिने