काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाले आजदेखि आइपीईओ सार्वजनिक गरेको छ । कम्पनीले सर्वसाधारणहरुक लागि आजदेखि आईपीओ भर्न पाउने गरी सार्वजनिक गरेको हो ।
लघुवित्तले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो । कम्पनीले जारी गरेको सेयरमध्ये ०.५० प्रतिशत अर्थात ५ हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ ।
जो सेयर सो कम्पनीमा काम गर्ने कर्मचारीहरुले पाउनेछन् । हाल कम्पनीमा २४४ जना कर्मचारीहरु कार्यरत छन् । त्यसमध्ये १ सय ३९ स्थायी, ३४ अस्थायी, २६ प्रशिक्षार्थी र अन्य ४५ जना रहेका छन् ।
उनीहरु सबैले २०/२० कित्ता सेयर पाउनेछन् । कर्मचारीहरुको लागि सुरक्षित गरिएको ५ हजार कित्ता सेयर २४४ जना कर्मचरीहरुलाई भाग लगाउँदा प्रति व्यक्तिको भागमा २० कित्ता सेयर पर्नेछ ।
यस्तै, कुल निश्काशित सेयरको ५ प्रतिशत अर्थात २० हजार कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने ३ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वधारणलाई निष्काशन गरिएको हो ।
महिला लघुवित्त वित्तीय संस्थाको सञ्चालक समितिमा ५ जना सदस्य रहेका छन् । बोर्डको अध्यक्ष तारा कुवार हुन् । गोर्खा एयरलाइन्समा २ वर्ष र यति एयरलाइस्नमा कार्य अनुभव भएकी उनी हाल हृेलो नेपाल टुर एण्ड ट्राभल मा प्रमुख कार्यकारी अधिकृतका रुपमा काम गर्छिन् ।
यस्तै संस्थाको सदस्यमा माछापुच्छ्रे बैंकका सुवास जमारकट्टेल, डा इमिनसिँह गुरुङ, इन्दु कुमारी कार्की र कोपिला पोख्रेल रहेका छन् । यस्तै, संस्थाको सीईओको रुपमा कृष्ण प्रसाद न्यौपाने रहेका छन् । कम्पनीले आईपीओको निश्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गलाई तोकेको छ ।