काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था फागुन २१ गते वार्षिक साधारणसभामा जाने भएको छ । संस्थाले आफ्नो ८ औं वार्षिक साधारणसभा सो दिन शुक्रबार दिउँसो ११ बजे गर्ने भएको हो ।
सभाले सेयरधनीलाई ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । संस्थाकाे सञ्चालक समितिकाे बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र ६.५८ प्रतिशत नगद (कर समेत) गरी ३१.५८ प्रतिशत लाभांश प्रस्ताव गरेकाे हाे ।
सभामा जाने प्रयोजनको लागि संस्थाको आगामी फागुन ५ गते बुक क्लोज हुने भएको छ । यससँगै फागुन ४ गतेसम्म कायम सेयरधनीले संस्थाको प्रस्तावित लाभांश पाउने छन् । संस्थाकाे प्रस्तावित ३१.५८ प्रतिशत लाभांश पाउन फागुन ४ गतेभित्रमा सेयर हाेल्ड तथा संस्थाकाे सेयर खरिद गरिसक्नु पर्ने हुन्छ ।
हाल संस्थाको चुक्ता पुँजी ५० करोड ४ लाख रुपयाँ रहेको छ । २५ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ६२ करोड ५५ लाख रुपैयाँ पुग्ने छ ।
सम्बन्धित समाचार