एनआईसी एशिया लघुवित्तको स्वतन्त्र संचालकमा सन्जु अधिकारी नियुक्त

<p>काठमाडाैं । एनआईसी एशिया लघुवित्तकाे बिहिबार बसेको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त भएकी छिन् । सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् । अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्य अनुभवकाे साथै उनी बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्दै आएकी छिन् । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम [&hellip;]</p>

काठमाडाैं । एनआईसी एशिया लघुवित्तकाे बिहिबार बसेको १०२औं संचालक समितिको बैठकबाट स्वतन्त्र संचालकको पदमा सन्जु अधिकारीलाई नियुक्त भएकी छिन् । सन्जु अधिकारी पेशाले चार्टर्ड एकाउन्टेन्ट हुन् ।

अधिकारीसँग बैंक तथा वित्तीय संस्थाको कार्य अनुभवकाे साथै उनी बैंकिङ क्षेत्रसँग सम्बन्धीत विभिन्न लेखहरु प्रकाशित तथा प्रशिक्षण प्रदान गर्दै आएकी छिन् । संचालक समितिका अध्यक्ष कपिल ढकालले उच्चतम व्यवसायिक अभ्यास सहित योग्यतम व्यक्तिलाई संस्थाको स्वतन्त्र संचालकका रुपमा चयन गरिएको जानकारी दिए ।

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था हाल १२० शाखा कार्यालयहरुबाट करिव ४७ हजार सदस्यहरु सहित करीव ३६ हजार कर्जा सेवाग्राहीहरुको सहयात्रीको रुपमा वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ । संस्थाले वित्तीय समावेशिकरणका लागि डोटी, जुम्ला, जाजरकोट, सल्यान, रसुवा, सिन्धुपाल्चोक जस्ता बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति न्युन रहेको दुर्गम जिल्लाहरुमा शाखा विस्तार गरी सेवा सञ्चालन गर्दै आइरहेको छ ।

 

Share News