नारायणी डेभलपमेन्ट बैंकले माघ १३ गतेदेखि हकप्रद जारी गर्ने

<p>काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी माघ १३ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । विकास बैंकले सो दिनदेखि चुक्ता पुँजीको शतप्रतिशत अर्थात एक बराबर एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । विकास बैंकले एक सय रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता अर्थात ६ करोड ५६ लाख [&hellip;]</p>

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले आगामी माघ १३ गतेदेखि हकप्रद सेयर जारी गर्ने भएको छ । विकास बैंकले सो दिनदेखि चुक्ता पुँजीको शतप्रतिशत अर्थात एक बराबर एक कित्ता सेयरको अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

विकास बैंकले एक सय रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता अर्थात ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २० गते सो मात्राको हकप्रद सेयर निष्काशन गर्नको लागि अनुमति दिएको थियो ।

यससँगै इच्छुक सेयरधनीले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने छन् । हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि बैंकको पुस २९ गते एकदिन बुक क्लोज हुँदै छ । यससँगै पुस २८ गते मंगलबारसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने छन् ।

बैंकको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद जारी गर्न इक्रा नेपालले बैंकलाई ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जाेखिम रहेकाे बुझाउँछ ।

हाल विकास बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्काशनपछि विकास बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ।

Share News