नेशनल माइक्रोफाइनान्स लघुवित्तको लाभांश घोषणा

<p>काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीकाे २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर समेत) गरी २७ [&hellip;]</p>

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई २७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

पुस १९ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट चुक्ता पुँजीकाे २१ प्रतिशत बोनस र ६ प्रतिशत नगद (कर समेत) गरी २७ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट बैंक तथा संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले सो मात्राको लाभांश पाउने छन् ।

हाल संस्थाको चुक्ता पुँजी २६ करोड ४० लाख रुपयाँ रहेको छ । २१ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी ३१ करोड ९४ लाख रुपैयाँ पुग्ने छ ।

Share News