ज्योति विकास बैंकको पुस २९ गतेदेखि बुक क्लोज

<p>काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो । बैंकको आगामी तेह्रौं वार्षिक साधारणसभा माघ १४ गते बस्दै छ । सभा सो दिन बिहान ११ बजेदेखि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा [&hellip;]</p>

काठमाडौं । ज्योति विकास बैंकको आगामी पुस २९ गतेदेखि बुक क्लोज हुने भएको छ । बैंकले साधारणसभामा जाने प्रयोजनको लागि पुस २९ गतेदेखि माघ १४ गतेसम्म बुक क्लोज गर्न लागेको हो ।

बैंकको आगामी तेह्रौं वार्षिक साधारणसभा माघ १४ गते बस्दै छ । सभा सो दिन बिहान ११ बजेदेखि काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बस्न लागेको हो ।

सभाले सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्तावलाई पारित गर्दै छ । बैंक सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने ३४ करोड ९५ लाख २९ हजार ३४४ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको थियाे ।

सम्बन्धित समाचार

ज्योति विकास बैंकले घोषणा गर्यो गत आवको लाभांश

Share News