डिप्रोक्सले नाडेप लघुवित्तलाई एक्वायर गर्ने, भयो एमओयूमा हस्ताक्षर

<p>काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गर्ने भएको छ । उक्त प्रकृयाको लागी दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो । उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् । यससँगै नाडेप लघुवित्तको आज(पुस १६ गते) [&hellip;]</p>

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले नाडेप लघुवित्त वित्तीय संस्थालाई प्राप्ती(एक्विजिशन) गर्ने भएको छ । उक्त प्रकृयाको लागी दुई संस्थाबीच पुस १५ गते नै प्रारम्भिक समझदारी (एमओयू) पत्रमा हस्ताक्षर भएको हो ।

उक्त समझदारी पत्रमा डिप्रोक्स लघुवित्तका अध्यक्ष दीपक खनाल र नाडेपका अध्यक्ष पिताम्बरप्रसाद आचार्यले हस्ताक्षर गरेका हुन् ।

यससँगै नाडेप लघुवित्तको आज(पुस १६ गते) देखि नै दाेश्राे बजारमा सेयर कारोबार रोक्का भएको छ ।

चितवन जिल्लाको भरतपूरमा केन्द्रीय कार्यालय रहेको डिप्रोक्स लघुवित्तले देशका ७१ जिल्लामा १२३ शाखा कार्यालयहरुमार्फत करिब २ लाख २२ हजार भन्दा बढी विपन्न सदस्यलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी १ अर्ब ५४ लाख रुपैयाँ रहेको छ ।

त्यस्तै, धादिङ्ग जिल्लाको गजूरीमा केन्द्रीय कार्यालय रहेको नाडेप लघुवित्तले देशका ४६ जिल्लामा ७८ शाखा कार्यालयहरुमार्फत ८० हजार भन्दा बढी सदस्यहरुलाई लघुवित्त सेवा प्रदान गर्दै आएको छ । संस्थाको चुक्ता पुँजी ४० करोड ४८ लाख रुपैयाँ रहेको छ ।

प्राप्ति पश्चात लघुवित्त वित्तीय संस्थाको क्षेत्रमा एउटा सवल, सक्षम र नेतृत्वदायी लघुवित्त वित्तीय संथाको रुपमा स्थापित भई अग्रणी लघुवित्त वित्तीय संस्था बन्ने छ । र, ग्राहक सदस्यहरुले पनि स्तरीय सेवा पाउने तथा सेयरधनीलाई समेत राम्रो प्रतिफल दिन सक्षम हुने संस्थाको विश्वास रहेको छ ।

Share News