लाभांश पारित गर्न विजय लघुवित्तले डाक्यो वार्षिक साधारणसभा

<p>काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी पुस २९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन साधारणसभा बोलाएको हो । सभा सो दिन बिहान ९ बजे नवलपरासीको विजय विकास स्रोत केन्द्र र भर्च्युअल माध्यम जुम मार्फत हुने भएको छ । सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने [&hellip;]</p>

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाले आगामी पुस २९ गते वार्षिक साधारणसभा आव्हान गरेको छ । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन साधारणसभा बोलाएको हो ।

सभा सो दिन बिहान ९ बजे नवलपरासीको विजय विकास स्रोत केन्द्र र भर्च्युअल माध्यम जुम मार्फत हुने भएको छ ।

सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्दै छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

उक्त सभामा जाने प्रयोजनको लागि संस्थाको पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने छ ।

सम्बन्धित समाचार

विजय लघुवित्तले २० प्रतिशत लाभांश दिने, बोनस कति ?

Share News