काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको २५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । संस्थाको आज (मंसिर २८ गते) आइतबार मात्रै सो मात्रा अर्थात एक लाख ५८ हजार ४०० कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।
यससँगै, लघुवित्तको बोनस सेयर सेयरधनीको खातामा हस्तान्तरण हुने छ । त्यसपछि दोश्रो बजारमा किनबेच गर्न पनि पाइने छ ।