दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारी कारबाहीमा

<p>काठमाडौं ।  सरकारले दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गर्दा उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको बताइएको छ । उद्योग वाणिज्य तथा वाणिज्य आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेका बताए । उनले विश्वभर काेराेनाकाे [&hellip;]</p>

काठमाडौं ।  सरकारले दैनिक उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको छ । वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारमा अनुगमन गर्दा उपभोग्य सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेको बताइएको छ ।

उद्योग वाणिज्य तथा वाणिज्य आपुर्ति राज्यमन्त्री मोतिलाल दुगडले सामानमा कालोबजारी गर्ने ५ जना व्यापारीलाई कारबाही गरेका बताए । उनले विश्वभर काेराेनाकाे त्रास भइरहेकाे बेला सामानमा कालाेबजारी गर्ने व्यापारीलाई कानुनको दायरामा ल्याई कारबाही गर्ने विकासन्यूजसँग बताए ।

विश्वरभर फैलिरहेको कोराना भाइरस ( कोभिड १९)को त्राससँगै दैनिक उपभोग्य सामानमा अभाव हुनेभन्दै उपभोक्ताले सामान भण्डारण पनि गर्न थालेका छन् । त्यही मौका छोपेर उनीहरुले सामानमा कालोेबजारी गर्ने प्रवृति पनि बढाएका हुन् ।

बजारमा उपभोग्य सामानको अभाव नभएपनि कृतिम अभाव सुरु गरेका छन् । व्यापारीहरुको यो प्रवृतिलाई रोक्न सरकारल अनुगमन टोली पनि बनाएको छ । बजार अनुगमनको क्रममा ती ५ जना व्यापारीलाई कारबाही गरेको हो ।

सरकारले खाद्यान्न तथा पेट्रोलियम पदार्थजस्ता अत्यावाश्क वस्तुको कुनै पनि अभाव नहुने बताइरहेकाे छ । अत्यावश्यक वस्तुमा कालोबजारी तथा कृत्रिम अभाव सिर्जना गरे सरकारले कडाभन्दा कडा कारबाही गर्ने पनि चेतावनी दिएकाे छ।

Share News