काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान)काे निर्वाचन अनिश्चित बनेकाे छ । विद्यमान विधान संशोधन गरी नयाँ ढाँचामा जाने योजनामा समस्या उत्पन्न भएपछि निर्वाचन उत्पन्न भएकाे हाे । संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौं पठाइएको विद्यान फिर्ता आएपछि निर्वाचन अनिश्चित भएकाे हो ।
इपानले संशोधन गरेर पठाएको विधानमा जलविद्युत क्षेत्रमा योगदान गरेका अगुवा जलविद्युत उद्यमी, विज्ञ समेटेर ७ जनाको सल्लाहकार समिति बनाउने निर्णय गरेको थियो । यस्तै, आवश्यकता अनुसार क्षेत्रगत, विषयगत उपसमिति बनाउने निर्णय पनि भएको थियो । तर, यो व्यवस्था जिल्ला प्रशासनले ऐनविपरित रहेको किटान गरेको छ ।
विद्यमान ९ जनाको कार्यसमिति संशोधन गरी २३ पुर्याउने, प्रदेश प्रतिनिधि तोक्ने र विज्ञहरूको उपसमिति बनाउने प्रक्रियामा जिल्ला प्रशासनले रोक लगाएको छ । संस्था दर्ता ऐन अनुसार उपसमिति र प्रदेश संयोजक नियुक्ति गर्ने प्रक्रिया नभएकाले विधान संशोधनमा समस्या देखिएकाे हाे ।