काठमाडौं । कोरोना भाइरसको त्रास बढीरहेको समयमा बजारमा सामानको कृतिम भाव सिर्जना गर्नेविरुद्ध सरकारले प्रहरीसहितको अनुगमन टोली खटाउने भएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टले सामानको कृतिम अभाव सिजैना गर्नेविरुद्ध प्रहरीसहितको अनुमन टोली बनाइ बजारमा खटाइने बताए ।
उनले बजारमा कृतिम अभाव सिर्जना गरी चर्को मूल्य असुल्ने विरुद्ध कारबाही गर्न नेपाल प्रहरीसहितको संयुक्त अनुगमन टोली बनाउने बताएका हुन् । सोमबार काठमाडौंमा सञ्चारकर्मीहरुसँग कूरा गर्दै उनले सो कूरा बताएका हुन् । यसका लागि गृहमन्त्रालयसँग कूरा भइरहेको उनको भनाइ छ ।
सरकारी संस्थान र कम्पनीसंग खाद्यन्न र नुन चिनी जस्ता अत्यवश्यक वस्तुको मौज्दात प्रशस्त रहेको भन्दै मन्त्री भट्टले नीजि क्षेत्रले कार्टेलिङ गरे सरकारी कम्पनीमार्फत बजार हस्तक्षेप गर्ने दाबी गरे । अत्यवश्यक वस्तुको उपलब्धताबारे जनतालाई जानकारी दिन मन्त्रालय तथा सम्बन्धित विभाग र संस्थानमा हटलाइन सुविधा सञ्चालन गर्ने तथा कार्यालयहरुका समाजिक सञ्जाल पनि सक्रिय बनाउने मन्त्री भट्टको भनाइ छ ।