काठमाडौं । ईनर व्हील क्लब कीर्तिपुरले निशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण क्याम्प सम्पन्न गरेको छ ।
अन्तराष्ट्रिय महिला दिवसको अवसरमा ईनर व्हील क्लब कीर्तिपुरले सौगात मोन्टेश्वरी स्कुल र बुद्ध माई सर्जरी सेन्टरको संयोजकतामा परीक्षण क्याम्प सम्पन्न गरेको हो ।
क्याम्पमा पाठेघरको मुखको परिक्षणको साथै स्तन परीक्षण र चिनी रोग परीक्षण निशुल्क गरिएको थियो । 
कलंकीको सौगात मोन्टेश्वरीको आगनमा गरिएको क्याम्पमा सयभन्दा बढि महिलाहरुले परीक्षण गराएक थिए ।
महिलामा सबैभन्दा बढि समस्या देखिने स्थान उसको पाठेघरको मुख र स्तन हो । वर्षिनी हजारौं महिलाहरुको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरका शिकार हुने गरेका छन् ।
क्लबले समयसमयमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ ।