काठमाडौं । ललितपुर महानगरपालिकाले पनि मास्क उत्पादन गर्ने भएको छ । आइतबार महानगरले प्रेस विज्ञप्ती जारी गर्दै मास्क उत्पादन गर्ने बताएकाे हाे ।
‘सामाजिक विकास समिति तथा विपद् व्यवस्थापन समितिको निर्णय अनुसार मौसमी रूघाखोकी लागेका व्यक्तिले मास्क प्रयोग गर्दा आफू र अरु सुरक्षित हुने भएकाले मास्क उत्पादन गर्न सुरू गरेको छ, सिलाइ तालिम लिएका महानगरका महिलाले मास्क सिलाउन थाल्नुभएको हो,’ विज्ञप्तीमा लेखिएकाे छ ।
त्यस्तै नियमित हात धुन, खोक्दा र हाछ्यु गर्दा नाक मुख छोप्न, अभिवादन गर्दा नमस्कार गर्न, जंगली तथा घरेलु पशुपंक्षीहरुको असुरक्षित सम्पर्कबाट टाढा रहन समेत आग्रह गरेको छ।
साथै महानगरले कोरोनाभाइरसको जोखिमबाट बच्न ठूला सभा, सम्मेलन , भोज भतेरको आयोजना नगर्न समेत आग्रह गरेको छ।