काठमाडौं । एनआईसी एशिया क्यापिटलले बिहीबार धार्मिक स्थल पशुपति क्षेत्र विकास कोष परिसरमा रहेको बृद्ध आश्रम र वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालयलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ ।
पछिल्लो समयमा विश्व भर फैलिरहेको करोना भाईरस सर्नबाट बच्न संस्थाले पशुपति क्षेत्रमा बसोवास गर्ने बृद्ध बुवाआमाहरु तथा नेपाल वेदविद्याश्रम संस्कृत माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो सामग्री हस्तान्तरण गरेको हो ।
साथै, क्यापिटलले समय समयमा बाग्मती नदी सरसफाई अभियानमा सहभागी हुने, स्कुल, कलेज, आर्मि पुलिसको ब्यारेकहरुमा वित्तीय संक्षरता कार्याक्रम संचालन गर्ने तथा डिम्याट खाताको साथै लगानी व्यवस्थापनको आवश्यकता र महत्वको सम्बन्धमा आम नेपालीमा जानकारी गराउँदै आएको छ ।