काठमाडौं । जापानी भाषा परीक्षा जेएलपिटीको फर्म खुलेको छ । आगामी जुलाई ५ मा संचालन हुन लागेको जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म बिहीबार (मार्च ५) देखि खुलेको हो ।
परीक्षाको शुल्क अब खल्तीवालेट प्रयोग गरी अनलाईन मार्फत नै तिर्न सकिने भएको छ । खल्तीले जापान भाषा सिकाउने र पढाउने शिक्षकहरुको संस्था जापानिज भाषा शिक्षक संगठन नेपालसँग सहकार्य गरी परीक्षाको शुल्क अनलाईनमार्फत तिर्ने सुविधा ल्याएको हो ।
लेभल ‘एनवान’ देखि ‘एन फाइभ्’ सम्मका फर्ममध्ये आफूलाई अनुकुल कुनै एक फर्म भर्न सकिनेछ । परीक्षा शुल्क (ग्रान्ट अमाउन्ट) तीन हजार रुपैयाँ लाग्ने छ । उच्च शिक्षाका लागि जापान जाने सबै विद्यार्थीले जापानी भाषा परीक्षामा सामेल भई उत्तीर्ण हुनु अनिवार्य हुन्छ । विगतका वर्षहरुमा परीक्षा शुल्क तिर्ने अन्य विकल्पन हुँदा परीक्षार्थी जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान)को कार्यालय भृकुटीमण्डप नै पुगेर घन्टौँ लाईन बसि शुल्क तिर्ने झन्झट हटेको छ ।
परीक्षार्थीले अनलाईन फर्म गरिसकेपछी शुल्क भुक्तानी गर्ने ठाउँ देख्ने छन् जहाँ आफ्नो खल्ती आइडी दाखिला गरी केहि सेकेन्ड मै शुल्क भुक्तानी गर्ने व्यवस्था लागु भएको छ । यसबाट परीक्षार्थीहरु लाभान्वित हुने खल्ती का निर्देशक अमित अग्रवालको बुझाइ छ ।
उनले भने, “जापानिज भाषा शिक्षक संगठन नेपाल (जाल्टान) सँग सहकार्य गरी सबै जापानी भाषा परीक्षार्थीलाई खल्तीको सजिलो अन्लाईन भुक्तानी सेवा प्रदान गर्न पाउँदा खुशी छौँ । अब परीक्षार्थीहरुले फर्म भरिसकेपछि आफ्नो खल्ती आईडी दाखिला गरेर सजिलै परीक्षा शुल्क तिर्न सक्नुहुन्छ । साथै, खल्ती प्रयोग नगर्ने व्यक्तिहरुले आफ्नो नजिकैको खल्ती पसलबाट उक्त शुल्क तिर्न सक्नुहुन्छ ।”
जापानी भाषाको परीक्षा जेएलपिटीको आवेदनफर्म jlpt.org.np मार्फत भर्न सकिनेछ ।