भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने सरकारकाे निर्णय

<p>काठमाडौं । सरकारले भन्सार र कर कार्यालयको दायर फराकिलो बनाउने निर्णय गरेको छ । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले फागुन १८ गतेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारले भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने निर्णय गरेको बताएका हुन् । यस्तै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र [&hellip;]</p>

काठमाडौं । सरकारले भन्सार र कर कार्यालयको दायर फराकिलो बनाउने निर्णय गरेको छ । अर्थ र सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले फागुन १८ गतेको मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्दै सरकारले भन्सार र कर कार्यालयको दायरा फराकिलो बनाउने निर्णय गरेको बताएका हुन् ।

यस्तै, सरकारका प्रवक्तासमेत रहेका मन्त्री खतिवडाले आन्तरिक राजस्व विभाग अन्तर्गतका कार्यालयहरूको कार्यक्षेत्र तथा अन्तस्शुल्क अधिकृतको अधिकार क्षेत्र तोक्ने निर्णय भएको बताए ।

खतिवडाले मन्त्रिपरिषद्ले गरेका विभिन्न ११ निर्णयहरु सार्वजनिक गर्दै नेपाल गुणस्तर साधारण पोर्टल्याण्ड सिमेन्ट, ४३ ग्रेड र ५३ ग्रेडः विशिष्टिकरण अनिवार्य गर्ने सूचना नेपाल राजपत्रमा प्रकाशन गर्ने बताए ।

 

Share News