काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर र रेमिट्यान्स इएमक्युबीच रेमिट्यान्स कारोबार गर्नेसम्बन्धी सहकार्य भएको छ ।
उक्त सम्झौतामा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्युका प्रमुख कार्यकारी अधिकृत म्याक्स अलेक्जेन्डर लिउले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार जापान, युएइ, जोर्डनका उपभोक्ताले इएमक्युको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मनी मार्फत आफ्ना आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने छन् ।
नेपालमा सिटी एक्सपे्रससँग आबद्ध एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिनेछ ।