काठमाडौं । ‘चान्स टु वीन थ्रू अ क्लिक’ अभियानका विजेता बुटवलकी सुमित्रा न्योपानेले टिभीएस जुपिटर ११० सीसी स्कुटर पाएकी छन् । उनलाई जगदम्बा मोटर्सका भाइस प्रेसिडेन्ट दीपक अग्रवालले स्कुटरको साँचो हस्तान्तरण गरेका हुन् ।
टिभीएस स्कुटर र मोटरसाइकलका लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले जगदम्बा उत्पादनहरुका कस्टुमाइज स्टीकर प्याकहरुका लागि राकुटेन भाइवरसँग सहकार्य गरी जगदम्बा मोटर्सले टिभीएस ब्राण्डका लागि उक्त अभियान सार्वजनिक गरेको थियो ।