काठमाडौं । मालपोत कार्यालय कास्कीका नायब सुब्बा दिपक सुवेदीलाई घुस रकमसहित प्रहरीले रंगेहात पक्राउ गरेको छ ।
सुवेदीले सेवाग्राहीको नाममा दर्ता रहेको जग्गा रोक्का गर्ने कार्य सहजिकरण गरिदिने भनी विभिन्न बहानामा घुस माग गरिहेको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराबाट खटिई गएको टोलीले निज दिपक सुवेदीलाई ३ हजार रकम लिइसकेको अवस्थामा निजकै कार्यालय परिसरबाट रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।