काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य स्थिर रहेको त्रिवि शिक्षण अस्पतालले जनाएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रेमकृष्ण खड्काले प्रधानमन्त्रीको प्रत्यारोपण सफल भएको र उनको अवस्था स्थिर रहेको जानकारी दिए।
ओलीको यो दोस्रो मृगौला प्रत्यारोपण हो । यसअघि उनको १२ वर्ष पहिले भारतमा मृगौला प्रत्यारोपण गरिएको थियो ।
ओलीलाई आज बिहान १० बजे शल्यकक्षमा लगिएको थियो । यसै सहित ओलीको शरीरमा ४ वटा मृगौला भएको छ । पुराना मृगौला झिक्दा समस्या हुने र फेरी सर्जरी गर्नुपर्न हुनाले पुराना मृगौला शरीरमै राखिने चलन छ ।
प्रधानमन्त्रीको उपचार टोलीमा अस्पतालका युरोलजी तथा मिर्गौला प्रत्यारोपण विभागका प्राडा उत्तम शर्मा, प्राडा प्रेम ज्ञवाली, डा पवनराज चालिसे, डा सुमन चापागाईं, डा सुजित पौडेल, डा मनीष प्रधान, डा सुवाश आचार्य, डा अनिल श्रेष्ठ, डा दिव्या सिंह शाह, डा महेशराज सिग्देल, डा मकुन्द काफ्ले, डा रविन नेपाली र भारतीय डा अनन्त कुमारसमेत रहेका छन् ।
प्रधानमन्त्रीलाई उनको भान्जी पर्ने समिक्षा संग्रौलाले मृगौला दिएकी हुन् ।