अर्थमन्त्री डा. खतिवडाले लिए पद तथा गोपनीयताको शपथ

<p>काठमाडौं।  अर्थमन्त्री डा. युवराज खतिवडाको शपथ लिएका छन्। राष्&#x200d;ट्रपतिको कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित कार्यक्रममा खतिवडाले पद तथा गोपनियताको शपथ लिएका हुन्। उनले अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीकाे शपथ लिएका हुन् । उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छन्।  २० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री [&hellip;]</p>

काठमाडौं।  अर्थमन्त्री डा. युवराज खतिवडाको शपथ लिएका छन्। राष्‍ट्रपतिको कार्यालय शीतल निवासमा आज दिउँसो आयोजित कार्यक्रममा खतिवडाले पद तथा गोपनियताको शपथ लिएका हुन्।

उनले अर्थमन्त्री र सञ्चार तथा सूचना प्रविधि मन्त्रीकाे शपथ लिएका हुन् ।

उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी छन्।  २० फागुनमा राष्ट्रिय सभाको कार्यकाल सकिएपछि पदबाट राजीनामा दिएका खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा आज राष्ट्रपतिले मन्त्री नियुक्त गरेकी हुन्।

शपथ समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना तथा सरकारका मन्त्री एवं पूर्वमन्त्रीहरू सहभागी थिए ।

Share News